गाउँस्तरको मध्यवर्ती समुह निर्वाचनमा विवाद हुँदा माइनोट च्यातियो

428
SwadeshPost

माडीमा जारी मध्यवर्ती उपभोक्ता समूहको गाउँस्तरको ईकाई निर्वाचनमा विवाद भएसंगै राप्रपा (संयुक्त) नेता मदन पौडेलबाट माइनोट च्यातिएको छ ।

माडी नगरपालिका वडा नं. ७, देबेन्द्रपुर ठाडो लाइनको परुई मध्यवर्ती समूह निर्वाचनमा राप्रपा-काँग्रेस गठबन्धन र नेकपाले चुनावी प्रतिस्पर्धा गरेकोमा निर्वाचन प्रक्रिया सुरु भएसंगै विवाद भएको थियो । विवादका बिच, यसअघि माडी नगरपालिकाको मेयरको प्रत्यासी रहिसक्नुभएका राप्रपा नेता मदन पौडेलले माइनोट च्यात्दा निर्वाचन प्रक्रिया अवरुद्ध भएको थियो ।

समूहको निर्वाचनमा प्रतिस्पर्धा गरेका नेकपा पक्षका उम्मेदवारहरुले बिपक्षी गठबन्धनका उम्मेदवारहरु हार्ने निश्चित भएसंगै भोटर लिस्ट सहितको माइनोट च्यातिएको आरोप लगाएका छन् । राप्रपा-काँग्रेस गठबन्धनले भने आफ्नो फरक मतलाई नोट अफ डिसेन्टका रुपमा लेख्न खोजेको तर लेख्न नदिइँदा सो घटना हुनगएको जिकिर गरेको छ ।

राप्रपा काँग्रेस गठबन्धनबाट अध्यक्षमा प्रकाश खनाल तथा सचिवमा टुक प्रसाद गौंडेल उम्मेदवार रहनुभएको थियो भने नेकपाबाट अध्यक्षमा ईन्द्र प्रसाद सुवेदी र सचिवमा नन्दलाल अधिकारी उम्मेदवार रहनुभएको हो । विवादकै बिच निर्वाचन समितिले नेकपा पक्षका अध्यक्ष र सचिवलाई ईकाई प्रतिनिधीका रुपमा निर्वाचित भएको जनाएको छ ।

SwadeshPost