दशैं कपमा बुधबार स्टार स्पोर्टस् र आयोजक साइड नेपाल विजयी

301
SwadeshPost

माडीको बसन्तपुरमा जारी फुटबल प्रतियोगिता अन्तरगत क्वार्टर फाइनलका खेलहरुमा आज स्टार स्पोर्टस् क्लबको ए टोली र आयोजक साइड नेपाल बसन्तपुर विजयी भएका छन् ।

आजको पहिलो खेलमा स्टार स्टार स्पोर्टस् क्लबको ए टोली र ध्रुवतारा युवा क्लब रामराज्यपुर भिँडेकोमा ३–० गोलअन्तरसहित स्टार स्पोर्टस् विजयी भएको हो । खेलको म्यान अफ द म्याच स्टार स्पोर्टस्का हरि कठायत घोषित हुनुभयो । दोश्रो खेलमा साइड नेपाल बसन्तपुर र दियो क्लब, माडीले प्रतिस्पर्धा गरेकोमा २–१ गोलअन्तरबाट आयोजक क्लब विजयी भएको छ । खेलको म्यान अफ द म्याच आयोजक क्लबका शिव बोट घोषित हुनुभयो । विजयी हुने दुबै टोली सेमीफाइनल चरणमा प्रवेश गरेका छन् ।

SwadeshPost