माडीको खैरहनीमा नेदरल्याण्डका विशेषज्ञ चिकित्सकबाट दाँत शिविर चल्ने

254
SwadeshPost

माडीको खैरहनीमा भोलि बिहीबारबाट दुई दिनसम्म निःशुल्क दन्त रोग उपचार शिविर सञ्चालन हुँदैछ । शिविर अन्तरगत नेदरल्याण्ड ओरल हेल्थ सोसाइटीमा आवद्ध विदेशी डाक्टरहरुले खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालयको प्राङ्गणमा निःशुल्क दन्त शिविर सञ्चालन गर्नेछन् ।

नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखा, खैरहनी माध्यमिक विद्यालय र माडी नगरपालिका वडा नं. ४ वडा कार्यालयको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको सो शिविरमा दाँतको सरसफाई, दाँत निकाल्ने र दाँतसम्बन्धी अन्य उपचार सेवा प्रदान गरिने नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखाका सभापति भागिरथ बस्यालले जानकारी दिनुभयो । शिविर भोलि कार्तिक ७ गते बिहान १० बजे सुरुवात हुनेछ । शिविरमा सहभागी भई विदेशी विशेषज्ञ चिकित्सकहरुबाट दाँतको उपचार सेवा लिन आयोजकले सबैमा अनुरोध गरेको छ ।

SwadeshPost