माडीमा इन्टरनेट सेवा प्रदायकहरुको संख्या बढेपनि इन्टरनेटको गति र गुणस्तर भने बढ्न सकेन

294
SwadeshPost

इन्टरनेट सेवा प्रदायकहरुको संख्या बढिरहेको भएपनि माडीमा इन्टरनेटको गति र गुणस्तर भने अपेक्षाकृत बढ्न सकेको छैन । पछिल्लो समय माडीले सुचना प्रविधीको क्षेत्रमा त फड्को मारेको छ तर इन्टरनेटको गति र गुणस्तर भने माडीमा अझै कमजोर देखिएको छ । माडीसम्म अप्टिकल फाइबर नजोडिएकाले माडीसम्म इन्टरनेटको व्याण्डविथ नआएको भन्दै इन्टरनेट सेवा प्रदायकहरु तर्किने गरेका छन ।

विगतका दिनहरुमा कम्प्युटर शिक्षा तथा इन्टरनेट सुविधा प्रदान गर्नको लागि मुस्किले एकदुई मात्र संस्था खुलेकोमा हाल माडीका मुख्य मुख्य बजारहरु बरुवा, बसन्तपुर, देबेन्द्रपुर लगायतका क्षेत्रमा कम्प्युटर व्यवसायीरुको संख्या बढ्दो छ । हाल माडीमा टेक्माइण्ड्स नेटवर्क, कस्मिक इन्टरनेट, एक्सेस इन्टरनेट, नेपाल टेलिकमको एडिएसएल, क्लासीक टेक, वर्ल्डलिंक सेवा गरि ६ इन्टरनेट सेवा प्रदायक छन् ।

माडीका करीब १००० भन्दा बढि घरधुरी, व्यवसाय तथा संघसंस्थाले माडी उपत्यकामा इन्टरनेट सेवा उपयोग गरिरहेका छन् भने मोबाइल जि.एस.एम. बाट इन्टरनेट चलाउनेको सख्या निरन्तर बढिरहेको छ ।

SwadeshPost