दशैं तिहार कपको फाइनलमा स्टार स्पोर्टस् र आयोजक साइड नेपाल भिँड्ने

359
SwadeshPost

माडीको बसन्तपुरमा जारी दशैं तिहार कप फुटबलको उपाधीका लागि स्टार स्पोर्टस् क्लब बरुवा र आयोजक साइड नेपाल भिँड्ने भएका छन् । आज सम्पन्न सेमीफाइनल चरणका खेलहरु जित्दै स्टार स्पोर्टस् क्लबको बी टोली र आयोजक क्लबले फाइनल यात्रा तय गरेका हुन् ।

पहिलो सेमीफाइनल खेलमा के.एफ.सी. कल्याणपुर र स्टार स्पोर्टस् क्लबको बी टोली भिँडेकोमा ५-१ को फराकिलो गोलअन्तरसहित स्टार स्पोर्टस् विजयी भएको हो । स्टारका लागि संगम थापामगरले ह्याट्रिक गर्नुभएको सो खेलको म्यान अफ द म्याच स्टारकै यदु सिलवाल घोषित हुनुभयो । दोश्रो खेलमा स्टार स्पोर्टस् क्लबै ए टोली आयोजक साइड नेपालसंग भिँडेकोमा ३-१ गोलअन्तरबाट आयोजकले जीत निकालेको हो । खेलको म्यान अफ द म्याच २ गोल गर्न सफल सदीप के.सी. घोषित हुनुभयो ।

अब फाइनल खेल आउँदो कार्तिक ९ गते शनिवार दिउँसो सञ्चालन हुनेछ । कुल १६ वटा टीमले सहभागिता जनाएकोसो प्रतियोगिताको प्रथम र दोश्रो पुरस्कार नगद क्रमशः रु १ लाख १ हजार १११ र ५१ हजार १११ का साथ शिल्ड मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगिताको आधिकारिक मिडिया स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज रहेको छ ।

SwadeshPost