सोमेश्वरको पर्यटन प्रवर्द्धनका लागि प्रस्तर मूर्ति कार्याशाला सञ्चालन हुँदै

479
SwadeshPost

माडीको सोमेश्वर क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि जारी कार्तिक महिनाको तेश्रो साता राष्ट्रिय प्रस्तर मूर्ति कार्याशाला सञ्चालन हुन लागेको छ ।

सुन्दर कलाको ऐतिहासिक सोमेश्वरगढी; इको, कृषि र पर्यटनको गन्तव्य नगरी भन्ने नारासहित आयोजित सो राष्ट्रियस्तरको प्रस्तर मूर्ति कार्याशालामा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानमा आवद्ध ३० जना मूर्तिकारहरुले सोमेश्वर क्षेत्रको जंगलमै अस्थायी शिविर खडा गरी आवासीय रुपमा १८ दिनसम्म रही विभिन्न प्रकारका प्रस्तर मूर्तिहरु निर्माण गर्नेछन् । यो संगै सोमेश्वर क्षेत्र पुनः एकपटक कलाकारमय हुने भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र माडी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन हुने सो कार्यशालाको तयारीको लागि नगर प्रमुख ठाकुर प्रसाद ढकालको अध्यक्षतमा १९ सदस्यीय कार्यशाला मूल स्टेयरिङ्ग समिति गठन भएको छ । त्यस्तै नगरपालिका सूचना प्रविधि अधिकृत प्रवीण भण्डारीको संयोजकत्वमा माडीका रेडियोहरु सदस्य रहेको ७ सदस्यीय प्रसार प्रसार उपसमिति, पिताम्बर पोख्रेलको संयोजकत्वमा ९ सदस्यीय आवास तथा खाद्य व्यवस्थापन उपसमिति र नगरपालिकाके जनस्वास्थ्य शाखाका उपप्रमुख गोविन्द पौडेलको संयोजकत्वमा स्वास्थ्य उपसमिति समेत गठन भएको छ । कार्यशालामा तयार हुने मुर्तीजन्य सिर्जनाहरु माडीको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण श्रोत बन्ने विश्वास गरिएको छ ।

SwadeshPost