माडीबाट दुईपटक साँसद निर्वाचित शेरचन प्रदेश प्रमुखका लागि सिफारिस

298
SwadeshPost

माडी क्षेत्रबाट दुईपटक साँसद निर्वाचित नेकपा नेता अमिक शेरचन प्रदेश प्रमुखका लागि सिफारिस हुनुभएको छ । नेकपाको सचिवालय बैठकले रिक्त रहेको प्रदेश प्रमुखका रुपमा शेरचनलाई सिफारिस गरेको हो ।

चितवन दिव्यनगरका शेरचन यसअघि उपप्रधानमन्त्री सहित स्वास्थ्यमन्त्री र पहिलो संविधानसभामा राष्ट्रिय हीतको संरक्षण समितिका संयोजक रहनुभएको थियो । तात्कालीन जनमोर्चा नेपालका अध्यक्षसमेत रहनुभएका उहाँ यसअघि तात्कालीन नेकपा माओवादीको अनुशासन आयोगको जिम्मेवारीमा रहनुभएको थियो । उहाँ २०४८ को पहिलो संसदीय निर्वाचन तथा २०६४ को पहिलो संविधानसभामा माडी क्षेत्रबाट सांसद तथा सभासद निर्वाचित हुनुभएको हो । पहिलो संबिधानसभामा उहाँ नेतृत्वको समितिले मात्रै समयमै बिषयगत प्रतिवेदन तयारी गर्न सकेको थियो ।

शेरचनसंगै नेकपाका नेताहरु सोमनाथ अधिकारी प्यासी, तिलक परियार, विष्णु प्रसाईं, धर्मनाथ यादव, शर्मिला त्रिपाठी र गोविन्द कलौनी समेत प्रदेश प्रमुखमा सिफारिस हुनुभएको छ । उहाँहरुको जिम्मेवारी रहने प्रदेशबारे सरकार र राष्ट्रपतिले निर्णय गर्ने नेकपा केन्द्रीय कार्यालयले जनाएको छ ।

SwadeshPost