माडीकाे धुलाम्य हुलाकी बाटोमा अति न्यून पानी हालिएको गुनासो

251
SwadeshPost

भरतपुर माडी ठोरी हुलाकी बाटोमा कालोपत्रेको प्रक्रिया चलिरहँदा धुलाम्य हुनगएको बाटोमा अति न्यून पानी हालिएको गुनासो गरिएको छ ।

बनकट्टादेखि देबेन्द्रपुरसम्म कालोपत्रे गर्ने ठेक्का पाएको आशिष निर्मााण सेवाले धुलो मार्ने प्रयासमा पानी ट्यांकी जडित २ वटा ट्रिपरबाट बाटोमा पानी हालिरहेपनि त्यसको मात्रा अति कम भएको भन्दै पानी हाल्ने थप ट्रिपर वा ट्यांकरको व्यवस्था गरिनुपर्ने माग गरिएको हो । सडकमा क्रसरको गिट्टी हालिएको र पहिलेको कालोपत्रे भत्काइएको अवस्थामा हाल बाटोमा अत्यधिक धुलो उड्ने गरेको छ । सडक धुलाम्य हँदा त्यस वरपरका व्यवसायी तथा स्थानीयबासीहरु प्रभावित भइरहेका छन् ।

यसैबिच, बाटो कालोपत्रेका लागि सब बेस निर्माण गर्न हाल दैनिक ३५ देखि ४० ट्रिपर गिट्टी झारिरहिएको निर्माण पक्षले जनाएको छ । आउँदो चैत १५ गते बनकट्टाबाट कालोपत्रे सुरु गरी क्रमशः पूर्वतर्फ बढाउँदै जाने योजना रहेको निर्माण पक्षको भनाई छ ।

SwadeshPost