माडी हुँदै काठमाडौं, पोखरा र वीरगंज चल्ने यातायात सेवा बन्द हुँदै

254
SwadeshPost

चितवन । कोभिड १९को संक्रमण फैलिन नदिने प्रयासस्वरुप ठोरीबाट माडी हुँदै काठमाडौं, पोखरा र वीरगंजसम्म चल्ने सार्वजनिक यातायात बन्द हुन लागेको छ ।

सरकारले आगामी १० गतेदेखि लामो दुरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि बन्द गर्न निर्णय गरेको सन्दर्भमा ठोरी माडी काठमाडौं रुटमा चल्ने दिवा तथा रात्रीबसहरु सहित चितवन बाहिर पुग्ने सबै बसहरु बन्द गर्न लागिएको माडीका यातायात व्यवसायी हितमान गुरुङले स्वदेशलाई जानकारी दिनुभयो । तर माडीको बगहीँदेखि भरतपुरसम्म चल्ने सार्वजनिक यातायात भने अर्को सुचना नहुँदासम्म सञ्चालन भइरहने उहाँको भनाई छ ।

यसैबिच, माडीका यातायात व्यवसायीहरुले हरेक बसका चालक र सहचालकहरुलाई ह्याण्ड् स्यानिटाइजर तथा मास्क उपलब्ध गराउने भएको छ । सार्वजनिक यातायातका कर्मचारीहरु कोरोनाको उच्च जोखिममा रहेको भन्दै सुरक्षाको उपायस्वरुप मास्क र स्यानिटाइजर उपलब्ध गराउन लागिएको माडी यातायात उपसमितिले जनाएको छ ।

SwadeshPost