लकडाउनको समयमा चौरमा फुटबल खेलिरहेका माडीका युवाहरु कारवाहीमा

701
SwadeshPost

लकडाउनको समयमा चौरमा जम्मा भई फुटबल खेल्दै गरेका माडीका युवाहरुलाई ईलाका प्रहरी कार्यालय माडीले ‘कारवाही’ गरेको छ ।

माडी नगरपालिका वडा नं. ६, बसन्तपुरका युवाहरु बाँदरमुढे खोला छेउमा जम्मा भई फुटबल खेलिरहेको देखेपछि प्रहरीले लखेट्दै ‘कारवाही’ गरेको हो । त्यसैगरी लकडाउनको उल्लंघन हुनेगरी बसन्तपुर बजारको चोकमाज जम्मा भई क्यारेमबोर्ड खेलिरहेको एक समूहलाई पनि आइन्दा त्यसो नगर्न प्रहरीले चेतावनी दिएको छ । लकडाउन उल्लंघन नगर्न तथा आफू पनि बच्न र अरुलाई पनि बचाउन माइकिङ गर्दै माडी प्रहरीले लकडाउन उल्लंघनकर्ताहरुलाई पक्राउ गरी नगद जरिवाना समेत गरिने जनाएको छ ।

यसअघि, चितवनमा लकडाउनको उल्लंघन गरेका ७ जनालाई चितवन प्रहरीले कारवाही गरेको थियो । प्रशासनको अनुरोधको अबज्ञा गर्ने सात जनालाई जनही एक हजार रुपैयाँ गराएर छोडिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको भनाई थियो । प्रशासनले जनस्वास्थ्य जस्तो अत्यन्त संवेदनशिल विषयमा सबैलाई संयमता अपनाउन अनुरोध गरेको छ ।

SwadeshPost