रुखमा ठोक्किएर क्षती पुगेको माडी नगरपालिकाको दमकल अझै मर्मत भएन

397
SwadeshPost

आगलागी भएको स्थानमा जाने क्रममा गतसाता रुखमा ठोक्किएर क्षती पुगेको माडी नगरपालिकाको दमकल अझै मर्मत हुन सकेको छैन । माडीको गर्दीमा परालको टौवामा भएको आगलागी निभाउन जाने क्रममा तीनपाङ्ग्रे अटोलाई बचाउन साइड च्यापेको सो दमकल बाटो छेउको रुखमा ठोक्किँदा दमकलको हेडलाइट, सिसा र अगाडीको भागमा सामान्य क्षती भएको थियो ।

गर्मीयाम सुरु भएसंगै आगलागीको घटना हुनसक्ने भन्दै नगरपालिकाले चौबिसै घण्टा तम्तयार अवस्थामा राखेकाले मर्मत गराउन जान नसकिएको नगरपालिकाका फायर फाइटर धन प्रसाद गौतमले जनाउनुभयो । हाल दमकलमा पानी भरेर जुनसुकै समयमा तत्कालै आगलागी स्थल जान सकिने गरी स्ट्याण्डबाई रहिएको उहाँको भनाई छ । हरेक बर्ष चैत, बैशाख र जेष्ठ महिनामा आगलागीका घटना धेरै हुनेगरेको छ ।

SwadeshPost