कोरोना बिरूद्धको लकडाउनका कारण माडीमा जारी कालोपत्रको काम रोकियो

291
SwadeshPost

कोरोना भाइरस फैलिन नदिने प्रयत्नस्वरुप लकडाउन गरिएसंगै माडी नगर क्षेत्रमा जारी कालोपत्रको काम रोकिएको छ । सबैजना घरभित्रै रहनुपर्ने अवस्थाका कारण सडकमा काम गर्न नसकिने भएसंगै ठेकदार पक्षले निर्माण साधनहरु थन्काएर काम रोकेको हो ।

भरतपुर माडी ठोरी हुलाकी बाटोको बनकट्टादेखि देबेन्द्रपुर परुई खोला खण्डमा सडक कालोपत्रेको ठेक्का पाएको आशिष निर्माण सेवाले ठेक्काको थपिएको म्यादको पनि अन्तिम समयमा कालोपत्रेको प्रक्रिया थालेकोमा बिचमै कोरोना कहर सुरु भई काम रोक्नुपरेको हो । कम्पनीले चैत १५ गतेबाट कालोपत्रे सुरु गर्नेगरी सबबेस र बेस निर्माण गरिरहेकोमा बेस निर्माण नै पुरा नहुँदै काम रोकिएको छ । दोश्रोपटक थपिएको ठेक्काको सम्झौता जेष्ठ मसान्तमा सकिँदैछ ।

अधिकांश निर्माण कामदारहरु घरतिर लागेको र निर्माण साधनहरु बनकट्टा र बसन्तपुरमा थन्किनु परेको ठेकदार पक्षले जनाएको छ । कोरोनाको सन्त्रास कम भई लकडाउन खुला भएसंगै निर्माणकार्य सुचारु हुने योजनाका फिल्ड स्टाफ कविराज जोशीले जनाउनुभयो ।

SwadeshPost