कोरोनाको संक्रमण रोक्नका लागि नीजि गाडीसहित निःशुल्क फिल्डमा !

183
SwadeshPost

कोरोनाको संक्रमण बढ्दै गए त्यसको नियन्त्रणका लागि आफ्नो नीजि गाडी नगरस्तरीय कोरोना नियन्त्रण समितिलाई उपलब्ध गराइ आफू निःशुल्क फिल्डमा खटिने माडीका एक स्वास्थ्यकर्मीले सार्वजनिक गर्नुभएको छ । फिल्डमा खटिने माडीका एक स्वास्थ्यकर्मीले सार्वजनिक गर्नुभएको छ ।

माडीको बसन्तपुरस्थित विश्वास फार्मेसीका सञ्चालक गोविन्द नेपालले माडी नगरस्तरीय कोरोना नियन्त्रण समितिको आवश्यकता अनुसार सवारी साधन निःशुल्क उपलब्ध गराउनुका साथै आफू पनि फिल्डमा खटिने सार्वजनिक गर्नुभएको हो । विभिन्न स्थान र समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन तथा औषधी वितरण गर्दै आउनुभएका उहाँले कोरोना भाइरसको संक्रमण फैलिनै नदिन पनि आफूले चेतनामूलक काम गरिआएको बताउनुभयो ।

यसअघि, माडी बरुवाका व्यवसायी उद्धव थापाले दैनिक ज्याला मजदुरी गरी खानुपर्ने विपन्न परिवारलाई खाना खुवाउन रु. ५० हजार सहयोग प्रदान गर्ने जनाएको थियो । यसरी कारोना बिरुद्धको लडाईंमा आफूसक्दो भूमिका निर्वाह गर्न उद्यत सहयोगीेहरुको संख्या बढ्दै गएको छ ।

SwadeshPost