मास्क सिलाई निःशुल्क वितरण गर्दै आउनुभएककी गीतादेवी बि.क.को कथा

200
SwadeshPost

कोरोना भाइरस संक्रमणको त्रास बढ्दै जाँदा बजारमा मास्कको माग अत्यधिक बढ्यो । सक्नेले किनेर लगाए तर कुसुमखोलाबाट आइ माडीको दिवानगरमा बसिरहेको चेपाङ र बोटे समुदायले भने अरुले लगाएको मास्क हेर्दै बस्नुपर्ने अवस्थामै रहे ।

कोरोनाको संक्रमण फैलिन नदिन हात धुनु र मास्क लगाउनु जरुरी हुन्छ भने थाहा भएपनि मास्क किन्ने आर्थिक श्रोत नरहेका उनीहरु थप त्रासमा बसिरहेका थिए । तर अब उनीहरुले पनि अरुसरह मास्क लगाएर बस्न सुरु गरेका छन् । स्थानीय विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष एवं मेलमिलापकर्ता गीतादेवी बि.क.ले भाञ्जा सरोज सुनार तथा छिमेकी बहिनीहरु लक्ष्मी सुनार र सुकमाया नेपालीको सहयोगमा मास्क सिलाई वितरण गरेसंगै दिवानगर क्षेत्रका बिपन्न समुदायसंगै सबैले मास्क लगाउन पाएका हुन् ।

व्यक्तिगत लगानीमा मास्क सिलाई उहाँहरुले निःशुल्क वितरण गर्दै आउनुभएको छ । हालसम्म सय बढी मास्क सिलाई वितरण गरिसकेको र यो क्रम निरन्तर रहने गीतादेवी बि.क.ले स्वदेशलाई जनाउनुभयो । कोरोना भाइरस बिरुद्धको लडाईमा समुदाय स्तरबाट बि.क.ले गर्नुभएको योगदान अहिले स्थानीय समुदाय र सामाजिक सञ्जालमा प्रशंसाको विषय बनिरहेको छ ।

SwadeshPost