घरबहाल उपभोक्ता मञ्चद्वारा ब्याज मिनाहा र घरभाडामा छुटको माग

428
SwadeshPost

नेपाल घरबहाल उपभोक्ता मञ्च माडी ईकाई समितिले लकडाउनका कारण व्यवसायमा ठूलो नोक्सानी व्यहोर्न परिरहेको भन्दै ब्याज मिनाहा र घरभाडामा छुटको माग गरेको छ ।

एक वक्तव्य जारी गरी समितिले कोरोना भाइरसका कारण देशकै अर्थव्यवस्था बिग्रन लागिरहेको तथा माडीका निम्न आयका पसल व्यवसायीहरुलाई गम्भीर असर परेकाले घरभाडामा ५० प्रतिशत छुट गरिदिन सम्बन्धित घरधनीहरुलाई आग्रह गरेको हो । त्यसैगरी यस संकटकालीन समयको व्याज मिनाहा गरिदिन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह समेत गरिएको छ । माडी ईकाइका अध्यक्ष यम कुमार ल्वागुन र सचिव क्षेत्र प्रसाद देवकोटाद्वारा हस्ताक्षरित सो वक्तव्यमा स्थानीय प्रशासन, नगरपालिका, उद्योग बाणिज्य संघ र नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनलाई बोधार्थ जनाइएको छ ।

SwadeshPost