माडीको सुकुम्बासी शिविरमा आगलागी हुँदा एक बालिकाको दुखद मृत्यु

463
SwadeshPost

माडीको देबेन्द्रपुरस्थित सुकुम्बासी शिविरमा आगलागी हुँदा एक बालिकाको दुखद मृत्यु भएको छ ।
कुसुमखोलाबाट बसाइ सरी माडी नगरपालिका वडा नं. ७, देबेन्द्रपुरस्थित चेपाङ शिविरमा अस्थायी कच्ची आवासमा बसोबास गरिरहनुभएका रामकुमार चेपाङकी ९ बर्षीया छोरी रोजिना चेपाङको आगलागीमा परी मृत्यु भएको हो । घरमा बुबाआमा नभएको समयमा चुल्होमा रहको आगोका कारण आगलागी सुरु भएसंगै आगोले पोलेर बालिकाको मृत्यु हुनगएको हो ।
मृतक बालिकाका बुवा कामका लागि माडी बाहिर रहेको र आमा घरबाहिर रहेको अवस्थामा आगलागी भएको हो । चुल्होबाट निस्कीएको आगो हावाहुरीका कारण फैलिएको थियो । आगलागीको समयमा घरमै रहेका अन्य दुईजना बच्चाहरु भने सुरक्षित रहेका छन् । कुसुमखोलामा बस्न कष्टकर हुँदै गएपछि त्यहाँका बिपन्न चेपाङ समुदाय सुरक्षित बासस्थानको खोजीमा माडीका विभिन्न गाउँहरुमा समूहगत बाँडिएर कच्ची आवासमा बसोबास गरिरहेका छन् ।

SwadeshPost