माडीका घरधनीहरु लकडाउन समयको घरभाडा मिनाहाको घोषणा गर्दै

233
SwadeshPost

कोरोना लकडाउनका कारण उद्योग व्यवसाय र आयआर्जनमा ठूलो असर परेको भन्दै माडीका घरधनीहरुले लकडाउन समयको घरभाडा मिनाहाको घोषणा गर्न थालेका छन् ।

बसन्तपुर बजार व्यवस्थापन समितिका अध्यक्ष शशिधर बराल, रेडक्रसकर्मी भागिरथ बस्याल, उद्योग बाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्य, होटल व्यवसायी संघ माडीका अध्यक्ष गोपाल श्रेष्ठ र बसन्तपुरका व्यवसायी निरज आचार्य लगायतले समस्याकालीन अवधीको घरभाडा मिनाहा गरेको सार्वजनिक गर्नुभएको हो ।

यसअघि नेपाल घरबहाल उपभोक्ता मञ्च माडी ईकाई समितिले लकडाउनका कारण व्यवसायमा ठूलो नोक्सानी व्यहोर्न परिरहेको भन्दै ब्याज मिनाहा र घरभाडामा छुटको माग गरेको थियो । मञ्चले यसअवधीको व्याज मिनाहा गरिदिन बैंक तथा वित्तीय संस्थाहरुलाई समेत अनुरोध गरेको छ । (फोटो: रवि भुर्तेल)

SwadeshPost