लकडाउनमा खाद्यान्न सहयोगका लागि माडी न.पा.द्वारा २० लाख निकाशा

230
SwadeshPost

दैनिक ज्याला मजदुरी गरी हातमुख जोड्ने बिपन्न परिवारहरु लकडाउनका कारण झनै समस्यामा परेसंगै उनीहरुलाई खाद्यान्न उपलब्ध गराउन माडी नगरपालिकाले २० लाख रुपैंया निकाशा गरेको छ ।

कोरोनासंग लड्न लकडाउन गरिएकोमा समस्यामा परेका परिवारलाई सघाउन गठित राहत कोषमा दाखिला हुनेगरी नगरपालिकाले सो रकम उपलब्ध गराएको हो । विगतमा बाढीपिडीतको राहतका लागि स्थापित कोषलाई नै साविकको बचत रकमसहित हालको बिपद् राहत कोषमा परिणत गरिएको छ । कोष व्यवस्थापनका लागि रेडक्रसकर्मी भागिरथ बस्यालको संयोजकत्वमा माडीका चारवटै रेडक्रस उपसमितिहरु र नगरपालिकाका सुचना प्रविधिी अधिकृत सम्मिलित सहयोग समिति क्रियाशील छ ।

कोषमा बरुवाका दाना तथा चल्ला व्यवसायी उद्धव थापाबाट ५० हजार तथा सहयोग समितिका संयोजक बस्यालको परिवारबाट २६ हजार रुपैंया दाखिला भइसकेको छ । त्यसैगरी शिक्षक कलिराम महतोले कोषमा ५ हजार ५५५ रुपैंया प्रदान गर्नुभएको छ भने विभिन्न संघसंस्था र व्यक्तिहरुले नगद तथा भौतिक सहयोग जुटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

SwadeshPost