माडी नगर क्षेत्रमा लकडाउनको उल्लंघन गर्ने क्रम निकै बढ्यो

274
SwadeshPost

कोरोना संक्रमण फैलिन नदिन घोषित लकडाउनको माडी नगर क्षेत्रमा उल्लंघन गर्ने क्रम निकै बढेको छ ।

माडीमा स्थानीय सरकारले दुग्ध एवं मासुजन्य पसलहरु बिहान ८ देखि १०, खाद्यान्न, तरकारी, फलफूल तथा पशुपंक्षी आहारको पसलहरु दिउँसो १२ बजेदेखि ४ र पुनः दुग्ध एवं मासुजन्य पसलहरु दिउँसो ४ देखि साँझ ६ बजेसम्म खुला रहने निर्णय गरेसंगै दिनभरजसो मानिसहरु घरबाहिर निक्लिरहने बहाना पाएका हुन् । यसबाहेक भित्री गाउँहरुमा पनि लकडाउनको उल्लंघन गरी घरबाहिर निक्लने, समूह बनाई तास खेल्ने, भट्टीहरुमा जम्मा हुनेगरेको सुचना मिलिरहेको छ ।

लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि माडी नगरस्तरीय कोरोना रोकथाम समन्वय समितिले माइकिङ गर्दै घरभित्रै बस्न नगरबासीहरुलाई अनुरोध गरिरहेको छ । त्यस्तै सशस्त्र प्रहरी र जनपद प्रहरीको गस्ती एवं ड्युटी जारी नै छ । तर कोरोना संक्रमणको बेवास्ता गर्दै लकडाउन उल्लंघनकर्ताहरुले प्रहरीलाई छक्याउन पाउँदा खुसी मनाउने क्रम रोकिनुको सट्टा बढेको बढ्यै छ ।

SwadeshPost