गली बँदेलको आक्रमणमा परी माडीको अम्बाबासमा चारजना घाइते

306
SwadeshPost

जंगली बँदेलको आक्रमणमा परी माडीको अम्बाबासमा चारजना घाइते भएका छन् । एकाबिहानै ०७:३० बजे बस्तीमा बँदेल प्रवेश गरी गाउँलेहरुलाई आक्रमण गर्न थालेसंगै एकाबिहानै अम्बाबास गाउँ आतंकित भएको छ ।

बँदेलको आक्रमणमा परेका पूर्ण बहादुर बि.क. र मीनमाया मगरलाई उपचारका लागि बसन्तपुरस्थित बघौंडा अस्पताल ल्याइँदै गर्दा तेश्रो र चौथो व्यक्ति आक्रमणमा परेका हुन् । घाइतेद्वयको शरीरभरी घाउ भएको र रक्तश्राव भइरहेकाले बघौंडा अस्पतालमा सामान्य उपचारपश्चात एम्बुलेन्समार्फत भरतपुर लैजान लागिएको छ ।

यसैबिच, आक्रमणकारी बँदेललाई नियन्त्रणमा लिन वा हानिकारक जनावरमा सुचिकृत भएकाले त्यसलाई उचित व्यवस्थापनका लागि निकुञ्ज रक्षक सेना परिचालित भइसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जनाउनुभयो ।

SwadeshPost