माडीकी उपप्रमुख महतोद्वारा सुबिधाको गाडी कोरोना नियन्त्रण टिमलाई

227
SwadeshPost

माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले आफू चढ्नेगरेको गाडी कोरोना भाइरस संक्रमण नियन्त्रणमा खटिएको जनस्वास्थ्यको टिमलाई उपलब्ध गराउनुभएको छ ।

कोभिड १९को विश्वव्यापी प्रकोप माडी नगर क्षेत्रमा फैलिन नदिन दिनरात नभनी फिल्डमा खटिइरहेको जनस्वास्थ्य शाखा र स्वास्थ्यकर्मीहरुको टोलीलाई गाडी उपलब्ध गराएको नगर उपप्रमुख महतोले जनाउनुभयो । यसबाट टोलीलाई होम क्वारेन्टाइनमा रहेकाहरु तथा अत्यावश्यकीय स्वास्थ्य सेवा आवश्यक परेका जो कोहीलाई फोन सम्पर्कको भरमा घरमै पुगी स्वास्थ्य सेवा दिन सघाउ पुग्ने उहाँको भनाई छ ।

यसैबिच, उपप्रमुख महतोले आगलागी पीडित माडी पाण्डवनगरकी रतिया बोटको परिवार तथा जंगली बँदेलको आक्रमणबाट घाइते हुनुभएका पूर्ण बहादुर बि.क. र मीनमाया मगरको परिवारलाई भेट गर्नुभएको छ । यसअघि हिँजो मंगलबार उहाँले देबेन्द्रपुरस्थित आगलागी पीडित रामकुमार चेपाङ परिवारलाई भेटी व्यक्तिगत तवरबाट कपडासंगै राहत सामग्रीहरु प्रदान गर्नुभएको थियो ।

SwadeshPost