६३औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा माडीका सहकारी संस्थाहरुद्वारा राहत कोषमा सहयोग

746
SwadeshPost

६३औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा माडीका सहकारी संस्थाहरुले नगरस्तरीय बिपद् राहत कोषमा नगद सहयोगको घोषणा गरेका छन् ।

सहकारी दिवसको अवसर पारी माडीको भैरवपुरस्थित कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ हजार रुपैंया तथा सो सहकारीमा कार्यरत कर्मचारीहरुका तर्फबाट थप २५ हजार रुपैंया रहत कोषमा प्रदान हुने भएको छ । त्यसैगरी गर्दी, बघौंडा, कल्याणपुर र अयोध्यापुरी साना किसान कृषि सहकारी संस्थाहरुले प्रति सहकारी रु १२ हजार ५०० गरी कुल ५० हजार रुपैंया कोषमा उपलब्ध गराउने भएका छन् ।

यसैगरी रेवा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले रु ६ हजार तथा सहनशीला महिला बचत तथा ऋण सहकारी संस्था बरुवा र जन्मभूमि उपभोक्ता सहकारी संस्था रमाइलोडाँडाबाट समान ५ हजार ५५५ रुपैंया कोषमा जम्मा हुने भएको छ । त्यस्तै, गर्दीस्थित गोद्धक सामाजिक उद्यमी महिला सहकारी संस्थाबाट रु. ५ हजार १०१, मितेरी कृषि सहकारी संस्था लिमिटेड बसन्तपुरबाट ५ हजार ५५ र महेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खैरहनी तथा अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाबाट समान ५ हजार रुपैंया कोषमा दाखिलाको निर्णय भएको सम्बन्धित सहकारीहरुले जनाएका छन् ।

SwadeshPost