‘अस्पतालमा स्वास्थ्य जँचाए क्वारेन्टाइन र आइसोलेशनमा पठाइदिन्छन् !’

192
SwadeshPost

अस्पतालमा स्वास्थ्य परीक्षण गराउन गए क्वारेन्टाइन र आइसोलेशनमा पठाइदिन्छन् भन्ने भ्रमका कारण साधारण ज्वरो तथा रुघाखोकी लागेका माडीका केहि बिरामीहरु घरमै रोकिएको भेटिएका छन् ।

माडीको बघौंडा अस्पतालमा हाल ज्वरो र रुघाखोकीको मात्रै परीक्षण र उपचार हुन्छ भन्ने कतिपयको बुझाई छ । यसका कारण आकस्मिक अवस्थाका बिरामीहरु सहित पुराना रोग भएका बिरामीहरु नीजि क्लिनिकहरुमा जाने क्रम बढेको छ । अर्कोतर्फ सामान्य ज्वरो र रुघाखोकी लागेपनि अस्पतालले क्वारेन्टाइन वा आइसोलेशनका लागि भरतपुर पठाइदिन्छ भन्ने भ्रम समेत रहेको पाइएको हो ।

उता, बघौंडा अस्पतालले भने फिभर क्लिनिकसंगै आकस्मिक र अन्य सेवाहरु यथावत रहेको तर हालको विशेष परिस्थितिमा सकेसम्म कोरोनाको लक्षणजन्य समस्या भएका बिरामीहरुको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिइएको स्पष्ट पारेको छ । यसबाट कोहि भ्रममा नपर्न पनि अस्पतालले आग्रह गरेको छ । कोभिड १९ को सम्भाव्य महामारीको नियन्त्रणका लागि सबैले आ-आफ्नो स्थानबाट योगदान गर्नपनि अस्पतालको अनुरोध छ ।

SwadeshPost