भरतपुरस्थित कोरोना अस्पताललाई ओखती साबुन सहयोगस्वरुप प्रदान

393
SwadeshPost

माडीका उद्यमी शोभाकान्त बस्यालले सञ्चालन गर्नुभएको जयकाली जडिबुटी उद्योग (प्रा.) लि.ले भरतपुरस्थित कोरोना अस्पताललाई ओखती साबुन सहयोगस्वरुप प्रदान गरेको छ ।

युवा व्यवसायी सुवास तिवारीको संयोजनमा औषधीय गुणयुक्त ओखती साबुनको उत्पादक समेत रहेको जयकाली जडिबुटी उद्योगका तर्फबाट ३०० थान ओखती साबुन अस्पताललाई प्रदान गरिएको हो । कोरोना भाइरसको संक्रमणबाट बच्न पटक पटक हात धोइरहनुपर्ने स्वास्थ्यकर्मीहरुको सल्लाह रहेको सन्दर्भमा कोभिड १९ बिरुद्धको लडाईंमा अग्रमोर्चामा रहेको अस्पताललाई साबुन सहयोग गर्न पाउँदा खुसी लागेको बस्यालले बताउनुभयो ।

माडी-५, राधापुरका स्थायी बासिन्दा रहनुभएका उद्यमी बस्यालले राजधानीबाट सञ्चालन गरिरहनुभएको जयकाली जडिबुटी उद्योगले हाल स्वदेश र विदेशमा ओखती ब्राण्डको साबुनसंगै स्याम्पु र फेसवास उत्पादन तथा बितरण गरिरहेको छ ।

SwadeshPost