देश-प्रदेश खबर पोष्ट

माडीमा सञ्चालित घुम्ती रक्तदान शिविरमा ८५ जना रक्तदाता सहभागी

चितवनमा रगतको अभाव बढ्दै गएको सन्भर्दमा माडीमा सञ्चालित घुम्ती रक्तदान शिविरमा आज सोमबार ८५ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । सेरुवा, बरुवा र बसन्तपुरमा सञ्चालित रक्तदान शिविरहरुमा सहभागी भई ६ जना महिलासहित कुल ८५ जनाले रक्तदान गरेका हुन् ।

रेडक्रसकर्मी भागिरथ बस्यालले सेरुवामा ६४ औं पटक रक्तदान गरी सुरु भएको रक्तदान बसन्तपुरमा रक्तदाता भागिरथ महतोको रक्तदानपश्चात रोकिएको थियो । नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखा र माडी जेसिजको आयोजना तथा क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा घुम्ती रक्तदान शिविर सञ्चालन भएको थियो । बसन्तपुर बजारमा रक्तदान सकिएपश्चात स्थगित भएको सो कार्यक्रम पुनः अर्को मितिमा बसन्तपुरभन्दा पूर्वी क्षेत्रमा सञ्चालन गरिने रेडक्रसकर्मी भागिरथ बस्यालले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार