प्रवासबाट माडी घर फर्किएका थप ६ जनालाई माडीमा होम क्वारेन्टाइनमा

174
SwadeshPost

प्रवासबाट माडी घर फर्किएका थप ६ जनालाई माडीमा होम क्वारेन्टाइनमा राखिएको छ । यो संगै माडी नगर क्षेत्रमा होम क्वारेन्टाइनमा रहनेको संख्या ९१ पुगेको छ ।

यसबाहेक एकजना बयस्कलाई भने माडी क्याम्पसमा खडा गरिएको क्वारेन्टाइनमै राखिएको छ । लकडाउन सुरु भइसकेपछि ढिलागरी माडी आइपुगेका उनलाई क्याम्पसको भवनमा सुरक्षाकर्मीको निगरानीमा क्वारेन्टाइनमा राखिएको हो । उनी पुरै चैत महिना क्वारेन्टाइनमै रहने माडी नगरस्तरीय कोरोना नियन्त्रण समन्वय समितिले जनाएको छ । क्वारेन्टाइनमा रहेको सबैजनाको नियमित स्वास्थ्य जाँच गर्ने गरिएको र हालसम्म कुनै समस्या देखा नपरेको नगरपालिकाले जनाएको हो ।

यसैबिच, दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कोभिड १९को संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप एक साता लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो । मंगलबार त्यो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो । छिमेकी भारतले पनि तीन साता लामो लकडाउन गरेको छ ।

SwadeshPost