ज्वरो देखिएपछि माडीका एक जनालाई कोरोना परीक्षणका लागि भरतपुर पठाइयाे

114
SwadeshPost

विगत आठ दिनदेखि होम क्वारेन्टाइनमा राखिएका माडीका एकजनामा ज्वरो देखिएपछि कोरोना परीक्षणका लागि उनलाई भरतपुर पठाइएको छ ।

भारतबाट स्वदेश घरफिर्तीस्वरुप माडी आइपुगेका उनी (नाम ठेगाना गोप्य) माडी नगरपालिकाको बाध्यात्मक व्यवस्था अन्तरगत होम क्वारेन्टाइनमा बसेका थिए । उनको नियमित स्वास्थ्य परीक्षण हुँदा कुनै स्वास्थ्य देखा परेको थिएन । तर हिँजोदेखि उच्च ज्वरो देखिएसंगै आज सुरक्षित तवरबाट भरतपुर पठाइएको हो । भरतपुरमा उनको स्वाब परीक्षण भई भोलिसम्ममा कोरोना रहे नरहेको निश्चित हुनेछ भने आवश्यक उपचार समेत गरिनेछ ।

यसअघि होम क्वारेन्टाइनमा रहेका अर्का एकजनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । गड्डाचौकी नाका हुँदै नेपाल भित्रिएर माडी आइपुगेका हुनाले उनमा कुनै स्वास्थ्य समस्या देखा नपरेपनि कोरोना परीक्षण गरिएको थियो । (प्रतिकात्मक तस्वीर)

SwadeshPost