चित्तल मारेको अभियोगमा चितवन रािष्ट्रय निकुञ्ज प्रशासनले माडीबाट नौ जनालाई पक्राउ

322
SwadeshPost

चित्तल मारेको अभियोगमा चितवन रािष्ट्रय निकुञ्ज प्रशासनले माडीबाट नौ जनालाई पक्राउ गरेको छ ।

एक साताअघि गतबर्ष चैत ३० गते चित्तलको सुकुटी खाएको भन्दै निकुञ्जको संयुक्त गस्तीटोलीले उनीहरुलाई पक्राउ गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उपाध्यायले जानकारी दिनुभयो । पक्राउ पर्नेमा माडी ९का ८ जना र माडी २ का १ जना रहेका छन् ।

चेकजाँचका क्रममा करीब २ किलोग्राम मासु भटिएपछि उनीहरुलाई निकुञ्ज रक्षक बटुक दल गणका सेनाहरुले पक्राउ गरेका थिए । तर पक्राउ परेकाहरुले भने बाघले आक्रमण गरी मारेको चित्तलको मासु खाएको बताएका छन् । उनीहरुको मुद्दा प्रक्रियामा रहेको भएपनि लकडाउनका कारण जमानत दिइएको छ ।

SwadeshPost