अपेक्षा गरेभन्दा दुई गुणा बढी मानिसहरु माडी भित्रिए

253
SwadeshPost

बाग्लुङ्गबाट माडी आएका एकजना पुरुष क्वारेन्टाइनमा

माडी नगरपालिकाले एक दिनको लागि यातायातको व्यवस्था गरेसंगै अपेक्षा गरेभन्दा दुई गुणा बढी मानिसहरु माडी भित्रिएका छन् । नगरपालिकासंग पूर्व सम्पर्कमा करीब ५०० जना मात्र आएकोमा बसमार्फत माडी फर्किनेहरुको संख्या भने ९४५ जना पुगेको छ ।

माडी प्रवेश गर्नेहरुमा माडी स्थायी घर भएका ९२८ जना तथा माडी बाहिरै स्थायी घर भएका १७ जना रहेको माडी नगरपालिका स्वास्थ्य शाखाले जनाएको हो । माडी प्रवेश गरेका सबैलाई थर्मल गनबाट स्वास्थ्य परीक्षण गरिएकोमा सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको नगर स्वास्थ्य संयोजक शिव प्रसाद सुवेदीले जानकारी दिनुभयो । ३० वटा बसहरुमार्फत माडी फर्किएका उनीहरु सबैलाई होम क्वारेन्टाइनान रहन लगाइएको र सबैको रेकर्ड राखिएको उहाँको भनाई छ ।

बाग्लुङ्गबाट माडी आएका एकजना पुरुषलाई माडी नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा ल्याइएको छ । माडी नगरपालिका वडा नं. ७ बाट अन्दाजी ५५ बर्ष उमेरका (नाम सार्वजनिक नगरिएको) उनलाई सुरक्षाकर्मीको सहयोगमा माडी क्याम्पसस्थित क्वारेन्टाइनमा ल्याइएको हो ।

SwadeshPost