मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

कृषि र कृषक पोष्ट

माडीका एक युवाद्वारा घोंगीको व्यवसायिक पालन सुरू

  • A
  • A+
  • A++

माडीका एक युवाले आदिवासी थारू समुदायको मौलिक खाना मानिने घोंगीको व्यवसायिक पालन सुरु गरेका छन् ।

विज्ञापन १

माडी-४, बिरञ्चीनिवासी हेमनारायण काजी थारुले माछापालन गरिरहेको पोखरीमै व्यवसायिक रुपमा घोंगीपालन समेत सुरु गर्नुभएको हो । हाल ५ कठ्ठाको पोखरीमा पाइप बिछ्याएर परीक्षण स्वरुप घोंगी पालिएको उहाँको भनाई छ । पोखरीमा घोंगी नखाने प्रजातीको माछा समेत संगसंगै पालिएको तथा घरबाटै घोंगी बिक्री गर्न पनि सुरु गरिसकेको उहाँले बताउनुभयो । पछिल्ला दिनहरुमा थारुसंगै अन्य समुदायले समेत घोंगी खान सुरु गरेकाले गाउँघर र बजारमा घोंगीको माग उच्च रहेको काजीको भनाई छ ।

विज्ञापन २

घोंगी पालनका लागि पोखरीमा चारैतिर करिब तीन फिट अग्लो घोंगी जान नसक्ने गरी जाली लगाउनु पर्छ । असार महिनामा पोखरीमा पानीको व्यवस्थापन मिलाउनु पर्छ । असार महिनामा पालेको घोंगी असोजबाट खान योग्य हुन्छ र पौष महिना सम्ममा ठूलो हुने भएकोले राम्रो आम्दानी हुन्छ । माडीकै गोपालनगर, हरिनगर र गौरीनगर क्षेत्रमा रहेका पोखरीहरुमा पनि प्राकृतिक रुपमै घोंगी पाइने भएपनि व्यवसायिक रुप लिएको छैन ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया