माडीका पाँचजना युवाहरुद्वारा व्यवसायिक तवरबाट लोकल कुखुरा पालन सुरु

1.33K
SwadeshPost

माडीका पाँचजना युवाहरुले सामुहिक रूपमा व्यवसायिक तवरबाट लोकल कुखुरा पालन सुरु गरेका छन् ।

व्यवसाय, वैदेशिक रोजगारी देखि राजनैतिक क्षेत्रमा सक्रिय युवाहरु आशिष देवकोटा, अशोक देवकोटा, ईश्वरी लामिछाने, सत्कार तिवारी र नवराज अधिकारी लोकल कुखुरापालनमा समेत जोडिएका हुन् । उनीहरुले गतबर्ष सामुहिकरूपमा कृषि फर्म स्थापना गरी माडी-४, सितलपुरमा लोकल कुखुरापालन थालेका हुन् । करीब डेड बिगाहा क्षेत्रफलमा फैलिएको सो फर्ममा हाल आधा जमिन बारिएको छ भने बाँकी जमीनमा घाँसपालन गरिएको छ ।

सुरुवातमा २०० वटा कुखुराबाट सुरुवात भएको फर्ममा हाल १२०० कुखुराहरु हुर्किरहेको सञ्चालक आशिष देवकोटाको जानकारी दिनुभयो । आउँदो जेष्ठ महिनाबाट माडीसंगै बाहिरको बजारमा कुखुरा बिक्री सुरु गरिने उहाँले बताउनुभयो । आगामी दिनमा फर्मलाई पूर्ण क्षमतामा चलाई ५ देखि ७ हजारको संख्यामा लोकल कुखुरा पाल्ने र अण्डा तथा चल्ला समेत बिक्री गर्ने योजना समेत रहेको उहाँको भनाई छ ।

SwadeshPost