माडीका बैंक तथा अस्पतालका सेवाग्राहीहरुले भौतिक दुरी कायम गरेनन

408
SwadeshPost

लकडाउनको समयमा आलोपालो प्रणाली अन्तरगत खुला रहेका माडीका बैंक तथा जनस्वास्थ्यको मुख्य केन्द्र अस्पतालमै सेवाग्राहीहरुले भौतिक दुरी कायम नगरेको पाइएको छ ।

सरकारले अत्यावश्यक सेवाको क्षेत्रका रुपमा बैंक एवं वित्तीय संस्थाहरुलाई सुचिकृत गरेसंगै माडीका बैंक, लघुबित्त एवं सहकारी संस्थाहरु आलोपालो प्रणाली अन्तरगत खुला रहने गरेका छन् । कार्यालयभित्र सेवाग्राहीहरुबिच भौतिक (सामाजिक) दुरी राख्ने प्रवन्ध गरिएपनि बाहिरपट्टी लामो लाइनमा बस्नुपरेका उनीहरुले सो नियम पालना नगरेको देखिएको हो । त्यसैगरी, माडीको बसन्तपुरस्थित बघौंडा अस्पतालमा स्वास्थ्य सेवाका लागि पुगेकाहरुबिच पनि कम्तीमा डेढ मिटर टाढाको भौतिक दुरी कायम भएको देखिएको छैन ।

यसैबिच, जिल्लाका प्रशासन र प्रहरी कार्यालयहरुले सवारी साधनहरु चलाउन कडाइ गरेको छ । तर, लकडाउन लागु हुँदा मोटरसाइकल र अन्य सवारी चल्न धेरै हदसम्म कम भएपनि पैदलयात्रा गरी घरबाहिर निक्लने, वरपर हिँडडुल गर्ने र कुनै बहाना बनाई बजारतिर पुग्ने जमातमा भने कमी आएको छैन । अझ, पछिल्लो समयमा अत्यावश्यक बाहेकका अन्य पसल व्यवसायका सटरहरुपनि आंशिक रुपमा खुला रहन थालेको देख्न सकिन्छ ।

SwadeshPost