माडीका खोलाहरुमा बाढी आउँदा अस्थायी कजवेहरुमा क्षती

238
SwadeshPost

बर्षाका कारण माडीका खोलाहरुमा मझौला स्तरको बाढी आउँदा खोलाहरुमा रहेका अस्थायी कजवेहरुमा क्षती पुगेको छ । बाढीका कारण रौतने, बाँदरमुढे, परुई, घाँघर लगायत पुल निर्माण जारी रहेका स्थानमा कजवेमा क्षती पुग्दा हुलाकी मार्ग प्रभावित भएको छ ।

पुल निर्माणका लागि माडीका अधिकांश खोलाहरुमा अस्थायी कजवे बनाइएकोमा बाढीले कजवे बगाउँदा एम्बुलेन्स वा मोटरसाइकल समेत चल्न नसक्नेगरी बाटो बिग्रिएको हो । बाढी आउँदा रौतने खोलाले रतनी गाउँमा धार बदलेको छ भने अन्य गाउँठाउँहरुमा सामान्य कटानी गरेको देखिएको छ । अघिल्ला बर्षहरुमा असारदेखि असोजसम्म भारी बर्षा भई बाढी आउने गरेकोमा यसबर्ष बैशाखमै भारी बर्षा हुनाले खोलाहरुमा पानीको सतह समेत बढेको हो ।

नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनाका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गरेकाले पछिल्ला केहिदिनदेखि वर्षा भइरहेको हो ।

SwadeshPost