नायिका कोइरालाले मातृभूमिकाे पक्षमा बाेल्दा भारतीय मिडियाकाे आपत्ति

355
SwadeshPost

अतिक्रमित नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले राजनैतिक नक्सा जारी गरेपछि भारतीय मिडिया आक्रोशित भएको छ । सामान्यतया हिन्दू-मुस्लिमको एजेण्डामा साम्प्रदायिक बहस चलाउने र चीन एवं पाकिस्तानको बिरोध गरेर समय सिध्याउने भारतीय न्यूज टेलिभिजनहरु यतिखेर भने नेपाल सरकार र नेपालीहरु विरुद्ध विषवमनमा उत्रिएका छन् ।

त्यसैगरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विटलाई रि-ट्विट गर्नुभएकी चर्चित नायिका मनीषा कोइरालाबिरुद्ध पनि भारतीय मिडिया र भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरु खनिएका छन् । अभिनेतृ कोइरालाले नेपाल सरकारलाई धन्यवाद दिँदै ‘तीन देश’ले सम्मानजनक र शान्तिपूर्ण रूपमा संवादमार्फत समस्या समाधान गर्नुपर्ने ओजपूर्ण बिचार व्यक्त गर्नुभएको थियो । यस प्रसंगमा भारतीय मिडियाहरुमा नेपालको भूगोल र ऐतिहासिक दस्ताबेजका विषयमा अल्पज्ञान त देखिएको छ नै, भाषा र प्रस्तुतिमा समेत मर्यादा उल्लंघन एवं नेपालीहरुमाथि अपमान भाव प्रष्ट देख्न, सुन्न र पढ्न सकिन्छ ।

कोरोनाको विश्वव्यापी महामारीको समयमा कोरोना बिर्सिएर भारतीय मिडिया नेपालबिरुद्ध खनिँदा नेपालीहरुले समेत सामाजिक सञ्जालहरुबाट प्रतिवाद सुरु गरेको देख्न सकिन्छ । नेपालीहरुमा ऐतिहासिक दस्तावेज र प्रमाणहरुका आधारमा कूटनीतिक संवादबाट अतिक्रमित भूमि फिर्ता हुनुपर्ने अन्यथा सीमा अतिक्रमणको बिषय अन्तर्राष्ट्रियकरण गरिनुपर्ने भनाई प्रष्ट देखिन्छ ।

SwadeshPost