माडी नगर अपांग उत्थान समन्वय समितिद्वारा भत्ता कटौती गर्ने निर्णयकाे विरोध

227
SwadeshPost

सरकारले एकल महिला र ‘ख’ बर्गका अपांगहरुको सामाजिक सुरक्षा भत्ता कटौती गरेको बिरोधमा माडी नगर अपांग उत्थान समन्वय समितिले बिरोध जनाएको छ । समितिले प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र पठाइ निर्णय सच्याउन माग समेत गरेको छ ।

यसअघि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सबै स्थानीय तहलाई पत्र पठाएर भत्ता कटौतीको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो । भत्ता रोक्ने निर्णय नसच्याए लकडाउनकै समयमा पनि सडक आन्दोलनमा उत्रिन बाध्य हुने समितिका अध्यक्ष यम बहादुर अधिकारीले जनाउनुभयो । विपदका बेला सरकारले अनुचित रुपमा एकल महिला र अतिअशक्त अपांगता भएकाहरुको सामाजिक सुरक्षा भत्ता कटौती गरेको भन्दै चौतर्फी आलोचना भइरहेको हो ।

SwadeshPost