राेकिएन बंदेल आतंक, किसानलाई बाली जाेगाउनै गार्हाे

920
SwadeshPost

निकुञ्ज र सामुदायिक वनहरुबाट निस्कने जंगली बँदेलहरुले यस बर्षपनि कृषकका खेतबारीमा तयार हुँदै गरेको मकै खाएर विनाश थालेको छ।

बँदेलको बथानले निकुञ्ज र सामुदायिक वन नजिकका खेतबारीमा लगाइएको मकै र तरकारी विनाश गर्न थालेको हो । बँदेलले माडीको धोबाहा, रतनी, बैराठ, पौहारी, ईनारबरुवा, सिमरा, कृष्णनगर, पाण्डवनगर, बनकट्टा लगायतका गाउँहरुमा बाली विनाश गर्न थालेको खबर आइरहेको हो । ‘बँदेलले अति दुःख दिनेगरेको छ । खेती किसानी गर्न जाँगर नै हराइसकेको छ । जति दुःख गरे पनि बालीनाली सबै नष्ट गरिदिन्छ ।’ माडी ३, धोबाहाका एक किसान सन्तोष मर्दनियाको गुनासो छ ।

एकैपटकमा दर्जनौं बँदेल आएर बालीनाली नोक्सानी गरिदिने भएकाले कृषकहरु बालीनाली लगाउने कि नलगाउने दोधारमा रहेको बताउँछन् । स्थानीय सरकारले जग्गा बाँझो राख्न नपाउने नीति ल्याएको तर जंगली जनावरहरु छेक्न पर्याप्त ध्यान दिन नसकेको कृषकहरुको दुखेसो छ । निकुञ्ज प्रशासनले राहत दिनुको सट्टामा वन्यजन्तुले क्षती नगर्ने बनाउनुपर्ने उनीहरूको माग छ ।

SwadeshPost