आर.आर.एनकाे परियाेजनामा काेभिड-१९ संग अनुकूलनकाे अभ्यास

118
SwadeshPost

अनुहारमा सर्जिकल मास्क, हातमा ग्लोब्स वा अल्कोहल स्यानिटाइजरको प्रयोग, बिहान साँझ थर्मल गनमार्फत ज्वरो परीक्षण अनि प्रतिनिधीगत पि.सि.आर. परीक्षण ।

नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)ले माडीको रौतनी खोलामा तटबन्धन सहितको नदी नियन्त्रणको परियोजना सञ्चालन गरेकोमा त्यहाँ कार्यरत मजदुरहरुको अवस्था चित्रण हो यो । उनीहरु कोरोनासंग सजग पनि छन्, र नियमित आय हुनेगरी कामकाजमा सरिक पनि छन् । कोरोना भाइरसका कारण मानव जीवन नै संकटमा परेको चर्चा भइरहँदा सो तटबन्धनमा कार्यरत मजदुरहरु संक्रमण बिरुद्ध अनुकूलित हुँदै कामकाजमा ब्यस्त रहेको देख्न सकिन्छ ।

कोरोना भाइरससंगै बाँच्न सिक्न जरुरी रहेको अहिलेको अवस्थामा लकडाउन पछिको जीवन र कामकाजको उदाहरण हो रौतनी तटबन्धन परियोजना । जापानी सहयोगी संस्था साप्लानीरको सहयोगमा आर.आर.एन.ले गरिरहेको सो तटबन्धनमा दैनिक करीब १०० जना मजदुरहरु काम गर्दछन् । परियोजना अन्तरगत २ करोड १० लाख रुपैंयाको लागतमा खोला तटबन्धन सहित ड्याम र आवश्यक संरचना निर्माण भइरहेको परियोजना संयोजक रबिन्द्र सिंह ठकुरीले जनाउनुभयो । मजदुरहरुसंगै परियोजनाकै कर्मचारीहरु पनि कोभिड बिरुद्धको सुरक्षात्मक उपायसहित नियमित काममा रहेको उहाँको भनाई छ ।

SwadeshPost