माडीमा रेडियाे पाठशाला कार्यक्रम सञ्चालन हुने

451
SwadeshPost

कोरोना भाइरसको महामारी बढ्दै जाँदा नियमित पठनपाठन अवरुद्ध भइरहेसंगै माडी नगरपालिकाले रेडियो पाठशाला कार्यक्रम सार्वजनिक गरेको छ ।

कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई माडीका स्थानीय रेडियोहरुमार्फत शिक्षण गर्नेगरी पठनपाठन सञ्चालन गर्न लागिएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो । यसका लागि विद्यार्थीहरुको कक्षागत अभिलेख तयार पार्न र रेडियो पाठशाला कार्यक्रम सञ्चान भएपछि सबै विद्यार्थीहरुलाई पठनपाठनमा सहभागी हुने सुनिश्चित गर्न माडी नगरपालिका शिक्षा शाखाले सम्पूर्ण विद्यालयहरुलाई निर्देशन समेत गरेको छ ।

प्रारम्भीक बाल कक्षादेखि तीन कक्षासम्मका विद्यार्थीहरुलाई भने घरकै अग्रज बुबा आमा दाजु दिदी आदिको सहजिकरणमा सिकाईका क्रियाकलाप गर्न नगर शिक्षा शाखाको अनुरोध छ । त्यसैगरी माडीका पुस्तक विक्रेताहरुसंग समन्वय गरी एक साताभित्रै विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराइसक्न पनि शिक्षा शाखाले अनुरोध गरेको छ ।

SwadeshPost