आज मे २८, मर्यादित महिनावारी सरसफाई दिवस

485
SwadeshPost

आज मे २८ अर्थात, मर्यादित महिनावारी सरसफाई दिवस, ‘महिनावारीका कुरा मर्यादासंग जोडिए मात्र हुन्छ पुरा’ भन्ने मूल नाराका साथ नेपालसंगै विश्वभर मनाइएको छ ।

दिवसका अवसरमा न्यायका लागि सक्रिय महिला मञ्चले माडी-५, रमाइलोडाँडामा मर्यादित महिनावारी बिषयक छलफल कार्यक्रम सञ्चालन गरेको छ । अन्यत्र भने कोरोनाको प्रकोप र लकडाउनका कारण औपचारिक कार्यक्रम नगरी व्यक्तिगत तवरबाट दिवस मनाइको अभियानमा संलग्न अगुवा राधा पोख्रेलले जनाउनु भयो ।

दिवसका अवसरमा कुरा मात्र होईन ब्यवहारमा लागु गरी परिणाम दिने गरि खुलेर छलफल र काम गर्न मर्यादित महिनावारी अभियानकी अर्का अभियन्ता सावित्री भण्डारीको आग्रह छ । महिनावारीका कारण किशोरी र महिलामाथि गरिने विभेद र हिंसाको बारेमा सवैले बुझ्नुपर्ने आवश्यकता भएकाले यो दिवस मनाउन थालिएको मुख्य अभियन्ता राधा पौडेलले सामाजिक सञ्जालमार्फत जनाउनुभयो ।

SwadeshPost