माडीका क्वारेन्टाइनमा याेगाभ्यास र आयुर्वेदिक औषधीहरुको प्रयोग

319
SwadeshPost

माडी नगर क्षेत्रमा सञ्चालन भइरहेका चारवटै क्वारेन्टाइन सेन्टरहरुमा योग प्रशिक्षणसंगै आयुर्वेदिक औषधीहरुको प्रयोग थालिएको छ ।

माडी नगरपालिकाको समन्वयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र टाँडीद्वारा क्वारेन्टाइनमा राखिएकाहरुलाई योग प्रशिक्षण दिइएको हो । केन्द्र सम्वद्ध योग प्रशिक्षक यदुनाथ पोख्रेल र कमल प्रसाद ओलीले क्वारेन्टाइनमा रहेकाहरुलाई योग अभ्यास गराउनुभएको हो । त्यसैगरी उनीहरुलाई अश्वगंधा लगायतका रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधी समेत वितरण गरिएको छ ।

नेपाल सरकारद्वारा जारी आयुर्वेद एवम् वैकल्पिक चिकित्साबाट कोभिड-१९ रोकथाम एवम व्यवस्थापन सम्बन्धि निर्देशिका बमोजिम हाल क्वारेन्टाइनमा राखिएकाहरुलाई आयुर्वेद औषधी र योगाभ्यासको प्रयोग गरिएको माडी नगरपालिकाका बरिष्ठ कविराज नीरिक्षक रविशंकर शाहले जानकारी दिनुभयो । योग प्रशिक्षण कार्यक्रम अन्तरगत सोमेश्वर माध्यमिक विद्यालय क्वारेन्टाइन सेन्टरमा माडीका नगरप्रमुख ठाकुर ढकाल र ईलाका प्रशासन कार्यालय प्रमुख खोवराज सुवेदीसंगै प्रहरी र कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

SwadeshPost