थप २० जना प्रवासीहरु दिवाकर स्मृति विद्यालय एकान्तवासमा

326
SwadeshPost

गएराती माडी आइपुगेको २० जना प्रवासीहरुलाई रमाइलोडाँडास्थित दिवाकर स्मृति विद्यालय एकान्तवासमा राखिएको छ ।

नगरपालिकासंग समन्वय गरी उनीहरु आफ्नै नीजि खर्चमा माडी आइपुगेका हुन् । यससंगै सो क्वारेन्टाइन सेन्टरमा रहनेहरुको संख्या ४९ पुगेको छ । सेन्टरको व्यवस्थापनका लागि माडी ५ का वडाध्यक्ष रामबन्धु पोखरेल र वडा सदस्यहरुको टोलीसंगै स्वास्थ्यकर्मी लोक बहादुर क्षेत्री नेतृत्वको स्वास्थ्य टोली र स्थानीयबासीहरुको सहभागितामा मेस सञ्चालन टोली खटिएको जनाइएको छ ।

यसैबिच, माडी बाँदरझुलाका २२ जना प्रवासी नेपालीहरुको टोली सुनौली नाकातर्फ अगाडि बढेको छ । उनीहरु साँझसम्म सुनौली आइपुग्न सक्ने वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । यसबाहेक सुनौली नाकामा थप ५ जनाको टोली आइपुगेको छ भने गत मंगलबार भारततर्फ स्वास्थ्य परीक्षणको लाइनमा बस्नुपर्दा नेपाल प्रवेश गर्न ढीला भएका ११ जना माडीबासीहरु अझैपनि सुनौली सीमामै रोकिएका छन् । उनीहरुको स्वदेश प्रवेश र उद्धारका लागि बसको व्यवस्था गर्न लागिएको पोखरेलको भनाई छ ।

SwadeshPost