रुकुम हत्याकाण्डको बिरोधमा माडीका दलितसंगै ब्राह्मण समाज समेत आन्दोलित

471
SwadeshPost

रुकुम हत्याकाण्डको सत्यतथ्य छानबिन गरी कडा कारवाहीको माग गर्दैै माडीका दलितसंगै ब्राह्मण समाज समेत आन्दोलित भएको छ ।

ब्राह्मण समाज नेपालले हत्याकाण्डका दोषीहरु पत्ता लगाई कारवाहीको माग गर्दै दीप प्रज्वलन गरेको छ । स्वदेश एफ.एम.संगको समन्वयमा ब्राह्मण समाज नेपालले रुकुम घटनाका पाँचैजना मृतकहरुप्रति सम्झना र श्रद्धाञ्जली एवं बेपत्ता एक जनाको छिटो खोजी होस् भन्ने कामना गर्दै गएसाँझ दीप प्रज्वलन गरेको हो ।

त्यसैगरी अन्तरजातीय विवाह गर्न खोज्दा भएको हत्याकाण्डको बिरोधमा माडीका दलित युवाहरुद्वारा गठित संयुक्त दलित संघर्ष समितिले आज दिउँसो माडी नगरपालिकामार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाउन लागेको छ । घटनाका दोषीलाई कारवाही र सत्यतथ्य छानबिनको माग गर्दै सामाजिक दुरी कायम गर्दै शान्तिपूर्ण ¥यालीसहित प्रधानमन्त्री कार्यालयलाई जातीय छुवाछुत र विभेद बिरुद्ध ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाउन लागिएको समितिका संयोजक यमकुमार विश्वकर्माले जनाउनुभयो ।

SwadeshPost