बसन्तपुर ब्वाइज र साइड नेपाल एक भई बसन्तपुर युथ क्लब गठित

684
SwadeshPost

माडीको बसन्तपुरमा छुट्टा छुट्टै नाउँ र पहिचानसहित क्रियाशील बसन्तपुर ब्वाइज तथा साइड नेपाल प्रवद्धित क्लबबिच एकता भई बसन्तपुर युथ क्लब गठन भएको छ ।

दुईवटै युवा समूहको संयुक्त बैठकले नयाँ क्लब गठन गर्ने निर्णय गरको क्लबका प्रतिनिधी मिलन पनेरुले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभयो । साविकका दुबै क्लबहरुले स्थानीयदेखि जिल्लास्तरीय फुटबल र क्रिकेट प्रतियोगिताका आयोजना गर्नुका साथै अन्य विभिन्न सामाजिक क्रियाकलापहरु सञ्चालन गर्दै आएका थिए । लकडाउन खुला भएलगत्तै एकीकृत क्लबलाई संस्था दर्ता ऐन अन्तरगत जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता गरी खेलकूद र अन्य सामाजिक कार्यहरु सञ्चालन गरिने क्लबका अर्का अगुवा रामु क्षेत्रीले बताउनुभयो ।

बसन्तपुर बजारका खेलप्रेमी, व्यवसायी, बुद्धिजीवि एवं बसन्तपुर बजार व्यवस्थापन समितिसहितको भेलाबाट एकीकृत क्लबको पदाधिकारी छनौट गरिने नवगठित क्लबका अर्का सदस्य पदम विलाश पन्तको भनाई छ । बसन्तपुर बजारमा बसन्तपुर युनाइटेड क्लब नामको अर्को छुट्टै युवा क्लबसमेत क्रियाशील रहिआएको छ ।

SwadeshPost