माडीका क्वारेन्टाइन सेन्टरहरुमा राखिएकाहरुको स्वाब परीक्षण सुरु

234
SwadeshPost

प्रवासबाट स्वदेश फर्किने क्रममा माडीका क्वारेन्टाइन सेन्टरहरुमा राखिएकाहरुको स्वाब परीक्षण सुरु भएको छ ।

माडी नगरपालिका जनस्वास्थ्य शाखाले भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालाको सहयोगमा स्वाब संलकन थालेको हो । यस क्रममा माडीको गोबिन्दबस्तीस्थित क्वारेन्टाइन सेन्टरमा ९ दिन बिताएका ३१ जनाको पि.सि.आर. बिधीबाट कोरोना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा राखिएका २४ जनासहित उनीहरुको सम्पर्कमा रहेका स्वास्थकर्मी र सुरक्षाकर्मीहरु गरी ३१ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको माडीका जनस्वास्थ्य संयोजक शिव सुवेदीले जनाउनुभयो । नेगेटिभ रिपोर्ट आएपनि उनीहरु सबै १७ दिनसम्म क्वारेन्टाइनमै रहने र घर पठाउनुअघि सबैको आर.डि.टी. विधीबाट पुनः परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । माडीका अन्य क्वारेन्टाइन सेन्टरहरुमा भने १४ दिन पुरा भएपछि मात्रै पि.सि.आर. परीक्षण गरिने उहाँको भनाई छ ।

SwadeshPost