रुकुम पश्चिम हत्याकाण्ड: दोषीहरुमाथि कडा कारवाहीको माग गर्दैै माडीमा दीप प्रज्वलन

216
SwadeshPost

रुकुम पश्चिमको सोती हत्याकाण्डको सत्यतथ्य छानबिन र दोषीहरुमाथि कडा कारवाहीको माग गर्दैै माडीका युवाहरुले दीप प्रज्वलन गरेका छन् ।

अन्तरजातीय विवाह गर्न खोज्दा भएको हत्याकाण्ड घटनका पाँचैजना मृतकहरुप्रति सम्झना र श्रद्धाञ्जली एवं बेपत्ता एक जनाको तत्काल खोजी होस् भन्ने कामना गर्दै साँझपख दीप प्रज्वलन गरिएको हो । जातीय छुवाछुत र विभेद बिरुद्ध समेत गरिएको सो दीप प्रज्वलनमा बसन्तपुर युनाइटेड क्लब बसन्तपुर र साहारा युवा क्लब ब्रह्मपुरीका सदस्यहरुसंगै बजारबासी युवाहरुको सहभागिता रहेको थियो ।

SwadeshPost