अष्ट्रेलियामा रहेका माडीबासीहरुद्वारा एकान्तबास केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान

331
SwadeshPost

माडीको बरुवास्थित सोमेश्वर मा.वि. एकान्तबास केन्द्रको सहयोगार्थ अष्ट्रेलियामा रहेका माडीबासीहरुले ५० हजार रुपैंया बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

माडीकै सर्बाधिक संख्यामा क्वारेन्टाइनमा राखिएको त्यस केन्द्रको सहयोगार्थ अष्ट्रेलियामा रहेका वडाबासीहरुबाट प्राप्त स्वास्थ्य सामग्रीहरु आवश्यकताका आधारमा परिचाललन गरिने वडा नं. १ कार्यालयले जनाएको छ । त्यसैगरी सो क्वारेन्टाइनको सहयोगार्थ आयुशा मेडिकल हल भरतपुरले १४ थान एन. नाइन्टीफाइभ मास्क, वडाबासी छायाँदत्त पाठकबाट २० थान एन. नाइन्टीफाइभ मास्क र रोटरी क्लब अफ नारायणगढबाट १० सेट पि.पि.ई. सेट प्राप्त भएको वडाध्यक्ष कृष्ण पौडेलले जनाउनुभयो ।

यसैबिच, सो क्वारेन्टाइन सेन्टरले माडीका अन्य क्वारेन्टाइन सेन्टरहरुलाई सहयोग समेत सुरु गरेको छ । सोमबार बगहीँस्थित क्वारेन्टाइनका लागि एक बोरा हरियो तरकारी पठाइएको जनाइएको छ ।

SwadeshPost