माडीका थारु अधिकारकर्मी कृष्ण चौधरीलाई मातृशोक

33
SwadeshPost

माडीका थारु अधिकारकर्मी एवं एथलेटिक्सका राष्ट्रिय रेफ्री कृष्ण चौधरीलाई मातृशोक परेको छ । उहाँकी ७२ बर्षीय आमा हठनी देवी महतोको ७२ बर्षको उमेरमा आज दिउँसो निधन भएको हो ।

२००६ सालमा जन्मनुभएकी महतो लामो समयदेखि मृगौला सम्बन्धी रोगको उपचारमा रहनुभएको थियो । उपचारकै क्रममा भरतपुर अस्पतालमा उहाँको निधन भएको परिवारले जनाएको छ । मृतकका श्रीमान तथा साविक गर्दी गा.वि.स.का वडाध्यक्ष पदमराज महतोको चार महिनाअघि मात्रै गतबर्ष माघ १२ गते भरतपुर अस्पतालमै निधन भएको थियो ।

Mahindra