परुई किनारस्थित ऐलानी जग्गा विवादको समाधानका लागि बसेको बैठक सहमती नजिक

401
SwadeshPost

माडी ७, देबेन्द्रपुरस्थित परुई खोला किनारस्थित ऐलानी जग्गा विवादको समाधानका लागि आज (बुधबार) बसेको बैठक सहमतीको नजिक पुगेको छ ।

माडी नगरपालिका वडा नं. ७ वडा कार्यालयले आह्वान गरेको बैठकमा सहभागी रहेका नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नगर एवं वडास्तरका नेताहरु सहमती नजिक पुगेको वडाध्यक्ष बालकृष्ण सापकोटाले जानकारी दिनुभयो । भोलि राष्ट्रिय प्रजातन्त्र पार्टी तथा सरोकारवाला पक्षहरुसमेत बैठक बसी सहमतीको वातावरण बनाइने वडाध्यक्ष सापकोटाले जनाउनुभयो । परुई किनारको जमीन विवाद सबैको सहमतीमै समाधान गर्न वडा कार्यालय लागिपरेको उहाँको भनाई थियो ।

यसअघि, कुसुमखोलाबाट विस्थापित भई परुई खोला किनारमा बसोबास गरिरहेका चेपाङ्ग परिवारले निर्माण सुरु गरेका घरको पिल्लरमा स्थानीयले क्षती पु¥याएका थिए । माडी नगरपालिकाको सहयोगमा चेपाङ परिवारले घर निर्माणका लागि सिमेन्टको खम्बा गाडेकोमा पिल्लरहरु ढालिएसंगै परुई विवाद भौतिक झडप उन्मुख हुन पुगेको थियो ।

SwadeshPost