माडीमा सञ्चालित सरकारी योजना तथा कार्यक्रमहरुको अनुगमन

130
SwadeshPost

जिल्ला समन्वय समिति चितवनले माडीमा सञ्चालित सरकारी योजना तथा कार्यक्रमहरुको अनुगमन गरेको छ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, जिल्ला सदस्य चुडामणी महतो, माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, वडाध्यक्षहरु र प्राविधिकहरू सम्मिलित टोलीले माडी नगर क्षेत्रमा संघ, प्रदेश र पालिकास्तरबाट सञ्चालित योजनाहरुको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा योजनाहरुको कार्य प्रगति र गुणस्तर हेरिएको र योजनाहरु छिटो सम्पन्न गर्न सुझाव दिइएको जिल्ला समन्वय समिति चितवनका सदस्य चुडामणी महतोले जनाउनुभयो । कतिपय योजनाहरुमा प्राविधिक गुणस्तर कायम गर्न नगरपालिका तथा उपभोक्ता समितिहरुको थप ध्यान पुग्न जरुरी रहेको देखिएको पनि उहाँको भनाई छ ।

SwadeshPost