बाँदरमुढे घटनाकाे डेढ दशक÷पीडा बिर्संदै पीडित र माडीबासीहरू

185
SwadeshPost

तात्कालीन नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्धको समयमा माडीको बाँदरमुढे खोलामा यात्रुबाहक बसमा विष्फोटको घटना भएको १५ बर्ष पुगेको छ ।

वि.सं. २०६२ साल जेठ २३ गते यात्रुहरु बोकेर गुडिरहेको ना.१ ख. ३२४५ नम्बरको बस विस्फोटमा पर्दा घटनास्थलमै ३८ जनाको ज्यान गएको थियो भने ७५जना घाइते भएका थिए । घटनामा घाइते भएका थप ४ जनाको समयक्रममा मृत्यु भइसकेको छ । घटना भएको एक बर्षपछि मृतकका परिवार र घाइतेहरु बाँदरमुढे घटना पीडित संघर्ष समिति बनाएर न्याय माग्दै आएका छन् ।

यसैबिच, तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत संसदीय निर्वाचनको समयमा पीडित पक्षसंग गर्नुभएको सहमती अझैसम्म पूर्णरुपमा लागु हुन सकेको छैन । २०७४ मंसिर १७ गते भएको सहमतीमा मृतकका आश्रित परिवारका काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृत्ती र बालबालिकालाई निःशुल्क शिक्षा दिने लगायतका सहमती भएको थियो । तर, घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा बाँदरमुढेमा पार्कसहित संग्रहालय बनाउने सहमतीको अर्को बुँदामा भने माडी नगरपालिकाले प्रारम्भिक कामहरु अगाडि बढाएको छ । त्यसैगरी घटनाका पीडितहरुलाई नगरपालिकाले नगद राहत वितरण गरी पीडामा मल्हम लगाउने प्रयास गरिरहेको देखिन्छ ।

SwadeshPost